बजार अनुगमनमा टोखा नगरपालिका, एक महिने ब्यबसाय दर्ता अभियान संचालन

समाचार

काठमाडौँ ! टोखा नगरपालिकाले बजार अनुगमन तथा ब्यबसाय दर्ता अभियान संचालन गरेको छ l जस अन्तर्गत एक महिना भित्र  ब्यबसाय दर्ता गर्दा पूर्ण छुट हुने जानकारी गराएको छ l

यस्तै टोखा नगरपालिका भित्र संचालनमा रहेका ब्यबसायीहरुको पसल अनुगमन गरि अखाध्य बस्तुको  बिक्रि वितरणमा निगरानी बढाएको सूचना अधिकृत कमला कार्कीले जानकारी दिनुभयो l साथै बजार अनुगमन निरन्तर हुने पनि जानकारी गराउनुभएको थियो l

अनुगमन कार्य डा. सुस्मिता गौतम को नेतृत्वमा भएको थियो l उहाले हरेक महिना अनुगमन  हुने जानकारी दिनुभएको छ l  गत शुक्रबार पानीमा कमप्लेंट आएको कारण अनुगमन गरिएको बुझिएको छ l टोखा नपा व डा नं २ मा रहेको मिजु पानी फ्याक्ट्रीमा अनुगमन गरिएको जानकारी दिनुभयो l यस्तै पानीको गुणस्तर जाचको लागी खाध्य अध्ययन तथा गुणस्तर  शाखा पठाइएको जानकारी दिनुभयो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =