सिन्धुली ! सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आज सुनकोशी-मरिन बहुउद्देश्यीय परियोजनाको सुरुंग ब्रेक थ्रु गर्नुभएको हो l
ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाले सिंचाईक्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने बिश्वास व्यक्त गर्नु भएको थियो l साथै उत्पादकत्व बृद्दी र देशको सम्ब्रिद्दीको लक्ष्यमा टेवा पुर्याउने बताउनु भयो l यस किसिमको गतिलाई बिकासको गतिको रुपमा लिनुपर्ने उहाँको भनाइ थियो l
उक्त आयोजनामा अटोमेटिक टनेल बोरिंग मेसिन को प्रयोग गरिएको थियो l मेसिनको प्रयोग गरी आयोजनाको सुरुंग निर्माण गर्दा छिटो सम्पन्न गर्न सकिएको आयोजनाले जनाएको छ l साथै छिचोलिएको सुरुंगको पूर्ण काम अझै १० % बाकि रहने आयोजनाले जनाएको छ l जम्मा जम्मी १३.३ किलोमिटर सुरुंग ब्रेक थ्रु भएको हो l सुरुंग को काम २०७९ असोज २८ गते सुरु गरिएको थियो l
यस आयोजनाको मुख्य उदेश्य सर्लाही, धनुषा, महोत्तरी र बारा जिल्लामा सिंचाई गर्नु हो l करिब एकलाख बिस हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको छ l