Home मुख्य कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया  पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया  पक्राउ

26
0
Google search engine

काठमाडौँ जेठ ८ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया  पक्राउ परेका छन् । कान्तिपुर ग्रुपको कार्यालय थापाथली बाट उनलाई पक्राउ गरिएको हो l आज धनुषा जिल्ला अदालतले उनी बिरुद्द पक्राउ गर्न आदेश गरे पश्चात  पक्राउ पुर्जी जारी गरिएकाे थियो ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेको स्रोतले जनाएको छ l  जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता दुरुपयोगको आरोपमा मुद्दा दायर गरेको थियो l उक्त मुद्दाको आधारमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी माग गरि प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको हो l   जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हाे।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here