नेपाल अभ्यास खेलमा ६ रनले विजयी

खेलकुद समाचार

एजेन्सी  जेठ १२ ! विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई ६ रनले पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र  जोड्न सक्यो। हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए ।

नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी२० विश्वकप सुरुआत गर्नेछ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3