काठमाडौँ जेठ १२ ! काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सडक बिभाग को कार्यालय मिनभबन अगाडी एक गाडी फोहोरको खन्याईएको छ l जनताले कलंकी देखि महाराजगन्ज सम्मको सडकको धुलो र कस्ट भोग्नुपरेको भन्दै आक्रोशित भइ बालेन्द्रले एक गाडी फोहोर फालेको भिडियो फेसबुक मार्फत सार्बजनिक गरेका छन् l
फेसबुकमा लेखिएको छ “ माननीय भौतिक पूर्वाधार तथा यातयात मन्त्रि रघुबीर महासेठ ज्यु !
तपाइको ठाडो आदेशले भइरहेको काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नु होला l बिगत १५ बर्ष देखि काठमाण्डौका जनता ले कलंकी देखि महाराजगन्ज रिंगरोड बिस्तारको नाममा धेरै धुलो र कस्ट बेहोर्नु परेको छ l काठमाडौँमा हुने आधा भन्दा धेरै धुलोमा त्यहाकै हात छ, जसले गर्दा महानगरबासी धुलोधुवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरुले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नुपरेको छ l र काठमाण्डौ महानगरले अकालमा गाली खानु परेको छ l
यो धुलो जनाले मात्र खाँदा राम्रो देखिदैन l जबसम्म तपाइ काम अगाडी बढाउनु हुन्न हरेक दिन तपाइलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया स्विकार्नु होला l”
भन्दै भिडियो पोस्ट गरेका छन् l