Home मुख्य महानगर र सडक डिभिजन बिच दोहोरी

महानगर र सडक डिभिजन बिच दोहोरी

13
0

काठमाडौं जेठ १२ ! काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह र सडक डिभिजन बिच दोहोरी चलेको छ । काठमाडौं महानगरपालिकाले शनिवार अपरान्ह साढे पाँच बजे एक ट्रक फोहोर उपहार भन्दै सडक विभाग मिनभवन अगाडी फालेको थियो, सोही विषयमा दोहोरी चलेको हो।

महानगर प्रमुख बालेन साहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै ठाडो निर्देशनमा काम रोक्न सक्नेले ठाडो निर्देशनमा काम बनाउन चुनौती दिँदै दैनिक उपयुक्त ठाउँमा फोहोर उपहार दिने घोषणा गरेका छन्। सोही क्रममा महानगर प्रमुखले एक ट्रक फोहोर सडक विभाग अगाडी फालेका थिए । कलंकी महाराजगञ्ज सडकको धूलोले काठमाडौँ प्रदुषण भएको भन्दै आफुले फोहोर भएको आरोप लगाएका छन् ।

सडक डिभिजनले भने बालेन साहले न्युरोडको सडक मिच्ने योजना विफल भएपछी विषयान्तर गर्न अनावश्यक  भ्रम सृजना गरेको आरोप लगाएको छ। आज आज साँझ एक विज्ञप्ति जारी गर्दै उक्त कुराको खण्डन गर्दै कानुनी उपचार खोज्ने धम्की दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here