शनिवार देखि ७ वटा उत्तरी नाका खुल्ने

मुख्य

काठमाडौं जेठ १२ ! नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिबारदेखि पुनः सुचारु भएका छन् । साथै  थप अन्य ७ वटा नाका उपर्युक्त समयमा खुलाउँदै जाने पनि घोषणा गरिएको छ  ।

शनिबारदेखि सङ्खुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको नाकाहरू खुलेका हुन् ।

ती नाका पाँच वर्ष अगाडि कोरोना सङ्क्रमणको कारण बन्द भएका थिए । उक्त नाकाको नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले तिब्बतको छेन्ताङमा आयोजित कार्यक्रमबाट नाका पुनः सञ्चालनमा आएको घोषणा गरेका हुन् । कार्यक्रममा नेपालतर्फबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सङ्खुवासभाबाट निर्वाचित संघीय सांसद दीपक खड्काका साथै सुरक्षा निकायका अधिकारी, गृह, वाणिज्य, रक्षा र परराष्ट्र मन्त्रालयका कर्मचारी प्रतिनिधिको सहभागीता थियो ।

१४ नाकामध्ये सङ्खुवासभाको किमाथाङ्कासहित ७ नाकाहरू शनिबारदेखि नै खुलेका छन् । बाँकी ७ नाकाहरू उपर्युक्त समयमा खुल्ने कार्यक्रममा घोषणा गरियो । ‘केही नाकाहरूमा मौसम, भूगोल र हावापानीको असहजताका कारण नाका खुल्ने र बन्द हुने आफ्नै परम्परागत तालिका छ, सो बमोजिम समय आएपछि खुल्ला हुने गरि सहमति गरिएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

67 − 62 =