भरत न्यौपाने
एजेन्सी जेठ १३। इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको ७४औँ खेल अर्थात फाईनल खेल आईतबार नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका कोलकत्ता नाइट राइड्स र सनराईजर्स हैदराबाद बीच हुनेछ। उक्त खेल चेन्नई स्थित एम. ए. चिदम्बरम स्टेडियममा हुनेछ। दुवै टीमको सोच फाइनल खेलमा जित हाँसिल गरेर उपाधि चुम्ने छ।
यस अघि पहिलो क्वालिफायर खेलमा कोलकत्ता नाइट राइड्स vs सनराईजर्स हैदराबाद भएको थियो, त्यस खेलमा कोलकत्ता नाइट राइड्सले ८ विकेटले सनराईजर्स हैदराबादलाई हराउदै फाइनल यात्रा तय गरेको थियो।
त्यस्तै गरी अर्को दोश्रो क्वालिफायर खेल शुक्रबार साँझ राजस्थान रोयल vs सनराईजर्स हैदराबाद बीच खेल भएको थियो जून खेलमा सनराईजर्स हैदराबादले ९ विकेट गुमाएर १७५ रन बनाएको थियो, १७६ रनको टार्गेट पछ्याएको राजस्थान रोयलले ७ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो र अन्तत सनराईजर्स हैदराबादले ३६ रनको सहज जित निकाल्न सफल बन्यो र फाइनलको लागि आफ़्नो स्थान सुरक्षित पारेको थियो।
आज बेलुका हुने उक्त फाइनल खेल कोलकत्ता नाइट राइड्स vs सनराईजर्स हैदराबाद बीच निकै घमसान हुनेछ। जुन टीमले खेल जित्नेछ त्यसै टिमले १७ औँ संस्करणको उपाधि जिते सँगै २०२४ को आईपीएल विजेता बन्ने छ।
सनराईजर्स हैदराबाद विगत ६ वर्षको लामो समय पछि फाईनल चरणमा प्रवेश गरेको छ भने कोलकत्ता नाइट राइड्स ३ वर्ष पछि फाईनल चरणमा प्रवेश गरेको छ।
विगतको इन्डियन प्रीमियर लीग २००८ देखि २०२३ सम्मको खेल इतिहासमा कोलकत्ता नाइट राइड्सले २०१२ र २०१४ मा गरेर २ चोटि उपाधि जितेको छ भने सनराईजर्स हैदराबाद ले २०१६ मा १ चोटि उपाधि जितेको छ।
अहिलेको यस संस्करणमा दुवै टिमको राम्रो प्रदर्शन रहेको छ।