Home समाचार गणतन्त्र दिवसको अवसरमा गोरखा-ताकुकोट समाज द्वारा रक्तदान

गणतन्त्र दिवसको अवसरमा गोरखा-ताकुकोट समाज द्वारा रक्तदान

34
0
Google search engine

काठमाडौँ जेठ १३ !  गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा कान्ति अस्पातलको प्राविधिक सहयोगमा हिजो  शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा ५४ जनाले रक्तदान गरेका रक्तदान कार्यक्रमका संयोजक मदनकुमार जोशीले बताउनु भयो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ(संस्थालाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष कृष्णा प्रसाद पनेरु तथा विभिन्न बुद्विजीवि अभिभावहरुले रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवाद सहित प्रशंसा प्रमाणपत्र हस्तन्तरण गर्नुभएको थियो ।

गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रम स्वयम गाउ पालिका अध्यक्ष बिष्णु भट्ट क.शुरेन्द्रले पनी रक्तदान गर्नुभयो र प्रमाणपत्र प्रदान गरियो उहाले अन्या रक्तदान गर्ने हरूलाई प्रमाण पत्र प्रदान गर्नु भयोर गोरखा-ताकुकोट सेवासमाज काठमाडौं लाइ धन्यवाद पनि दिनु भयो आफ्नो गाउ पालिका जन्ता हरू यसरी संगठित भयर सामाजिक कार्य गर्नुहुने सबैलाई धन्यवाद पनि दिनु भएको छ ।

यस गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखा बारपाक सुलिकोट बाट  काठमाडौंमा आई बसोवास ब्यबसाई जब अध्ययन गर्ने जन्तालाई जोड्नेर बिरामी हुँदा रगतको अभाव हुन नदिन यसरी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ ।गोरखा-ताकुकोट सेवासमाज काठमाडौंले ।हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान  गरौ जीवनदान” भन्ने नाराको साथमा अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गोरखा-ताकुकोट सेवासमाज काठमाडौंका कार्यसमिती  सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक  मदन जोशीले बताउनु भयो । स्वास्थ्य सेवा समितिका संयोजक जोशीले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र यो संस्थाको यो आयोजना दोस्रो पटक रहेको उहाँले बताउनु भयो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here