काठमाडौँ जेठ १३ । सरकारको नीति तथा कार्यक्रम होहल्लाको बिच पारित भएको छ । आईतवार संसद बैठकमा प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गर्नु भएको थियो। सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक सरेको थियो । आज पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका ४ जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ ।










