शेयर बजारमा सामान्य अंकको बृद्दी, मंगलबार बजार बन्द हुने

अर्थ बजार समाचार

काठमाडौँ जेठ १४ ! शेयर मापक नेप्से आइतबार सामान्य अंकको करेक्सन पछी सोमबार सामान्य अंकले बृद्दी भएको छ l गत साता भने उच्च गतिमा बढेको नेप्से आइतबार भने घटेको थियो l बजेटको उत्तरार्द्धमा बजार झिनो अंकले सकारामक भएको छ l

मंगलबार भने शेयर बजार बन्दहुने भएको छ l गणतन्त्र दिवसको अवसरमा बजार बन्दहुने भएको हो l

यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंकले बढेर २११३.२४ बिन्दुमा पुगेको छ l यस दिन कारोबार रकम भने घटेको छ l आइतबार ४ अर्ब ४४ करोड कारोबार भएको नेप्से सोमबार भने ३ अर्ब ८९ करोड ३७ लाख रुपैया बराबरको कारोबार भएको छ l यस्तै यस दिन कारोबार संख्या भने ३१७ वटा कम्पनीको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्रि भएको छ l

यसैगरी यस दिन दुइ कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ l सकारात्मक सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिंग कम्पनी रहेका छन् भने नकारात्मक सर्किट लाग्नेमा बुद्दभुमी नेपाल हाइड्रोपावरको रहेकोछ l अन्य कालिन्चोक दर्शन र पोखरा फाइनान्सको शेयर मुल्य भने क्रमश  ९.७९ र ८ प्रतिशतले बृद्दी भयेको छ l

यस दिन कारोबार रकम भने एनआरएनको सबै भन्दा बढी रहेको छ l यस्तै अन्यको सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पोखरा फाइनान्सको भने १८ /१८ करोड रहेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 18