आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले आज नेदरल्यान्ड्सबिरुद्द खेल्ने

खेलकुद मुख्य

काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द  खेल्नेछ। नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन l

डलासको ग्रान्ड प्रयरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ। नेपाली टोली एक दशकपछि  टि–२० विश्वकप खेल्ने भएको छ।

नेपाल र नेदरल्यान्ड्स बिच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छ । नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबिच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दै छन्।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 9 =