ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्य समाचार

ललितपुर जेठ २२ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ l अख्तियारले विशेष अदालतमा हिजो १ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच वटा मुद्दा दायर गरेको हो । मुद्दामा अलग अलग राजश्वको हिसाब गरि राज्यलाई नोक्सान गरेको भन्दै माग दाबि गरिएको छ ।

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट भन्दा कम कायम गरी ठेक्का दिई  सरकारलाई  हानी/नोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ ।  सोही अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

बागमती प्रदेश (तत्कालीन प्रदेश नं.३) को प्रदेश आर्थिक ऐन, २०७७ ले निर्धारण गरेको राजस्व दर प्रति घनफिट ९ भन्दा घटीगरी लेले र नल्लुका ढुंगाखानीसँग २.७५ मात्र राजस्व दर निर्धारण गराइ ठेक्का सम्झौता गरेका थिए। यसमा प्रतिघन फिट राज्यलाई ६.२५ रुपैयाँ घाटा हुन पुगेको दाबी अख्तियारले गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछी १४ जना कर्मचारीसमेत गरि निलम्बनमा परेका छन् जसले गर्दा ललितपुरको गोदावरी नगरपालिकामा कामकारवाही प्रभावित भएको छ l विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बित भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइरालाले विभिन्न मितिमा जिम्मेवारी सम्हालेका थिए । उनीहरु समेत तानिएका छन् l

नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका थिए । मेयर र उपमेयर नेपाली कांग्रेसबाट बिजयी हुन् l

 

 

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ 30 =