काठमाडौंको दक्षिणकालीमा दुई व्यक्ति मृत फेला

समाचार

काठमाडौं जेठ २३ ! काठमाडौँको  दक्षिणकालीमा एक महिला र एक पुरुषको मृत  फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको हो । उनीहरुको पहिचान नखुलेको र थप अनुसन्धान भईरहेको  प्रहरी स्रोतले जानकारी दियो ।

शव नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव अप्ठ्यारो खोंच भित्र भेटिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकाल्ने तयारी गरिरहेको जनाइएको छ  ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 81