गायक विष्णु आलेको “दुईतिर माया” गीत सार्वजनिक

रोचक समाचार

काठमाडौं । प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया हालै सार्बजनिक भएको छ ।

विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत डिजिटल  (युट्युब )बजारमा ल्याइएको हो ।

विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको‌ एरेन्जमा बनेको उक्त दोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।मोडल तथा  भिडियो निर्देशक शिशिर बुढाथोकीले निर्देशन गरेको दुई तिर मायालाई स्पेसल दर्शकले मन पराइ रहेका छन् । ०६२ सालमा कसम खानेले एल्बमा ल्याएका विष्णु आले पेशाले नेपाली शिक्षक हुन् ।पत्रकार महासंघका कार्य समिति सदस्य समेत रहेका उनी अहिले, शिक्षक, पत्रकार हुँदै लोक सांगितिक क्षेत्रमा पाइलो चाल्दै छन् ।

गीतको मोडलमा राजकुमार विश्वकर्मा,सजिना तामाङ, टेक बहादुर तामाङ् र सरस्वती तामाङ रहेका छन् ।

गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

22 − 13 =