भक्तपुरमा गाडीको ठक्कले बाग्लुंग गल्कोटका घर्तिको मृत्यु

समाचार

काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।

घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 10 =