Home मुख्य कांग्रेस-एमाले गठबंधन बनाउन अन्तिम ड्राफ्ट तयार

कांग्रेस-एमाले गठबंधन बनाउन अन्तिम ड्राफ्ट तयार

19
0

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नयाँ गठबन्धन बनाउने सहमतिको अन्तिम ड्राफ्ट तयार पारिएको  बुझिएको छ।

स्रोतका अनुसार संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने ‘सहमति नै बनिसकेको बनेको’ गोप्य खुलासा गरिएको छ । ड्राफ्ट तयार पार्न दोस्रो तहका नेताहरुलाई दिइसकिएको जानकारहरु बताउँछन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच शनिवार बालकोटमा भएको दही चिउरा सहितको भेटले सत्ता परिवर्तन हुने सङ्केत देखिएको थियो। सोही सहमति बमोजिम सोमबार सत्ता परिवर्तन हुने सङ्केत देखिएको हो।

सत्ता भागवण्डामा आलोपालो गर्ने दुई दलको सहमति भएको बुझिएको छ । पहिलो चरणको नेतृत्व  ओलीले गर्ने र चुनाव गराउने नेतृत्व  देउवाले गर्ने एकमुष्ठ सहमति हुन लागेको स्रोतको दाबी छ।

बेचैन झा पक्राउ परे सँगै सत्तामा भुटानी शरणार्थी प्रकरण बारे पुन: छानविन हुने सङ्केत देखिएपछि एमाले र कांग्रेस निकट बन्दै सत्तामा सहमति जुट्न लागेको विश्लेषकहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here