तराईलाई मरुभूमिकरण गर्ने निर्णय खारेज गर्न प्रचण्डको चेतावनी

राजनीति

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो ब्यक्तिगत अबिस्ट पुरा गर्न तराई दोहन गरिनु निन्दनीय भएको बताउनुभएको छ । चुरे छेत्र दोहन गरेपछि बर्षा याममा डुबान समस्या र हिउदमा खाने पानिको मुहान सुक्ने समस्या आउने बताउनुभयो ।

प्रचण्डको आधिकारिक फेसबुक पेज मार्फ़त पोस्ट गर्दै प्रचण्ड लेखनुहुन्छ “असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस ।

नेपालको ढुङ्गा, गिट्टी, बलुवा बेचेर ब्यापार घाटा कम गर्ने उद्देश्य भएको सरकारलाई राष्ट्रघातीको संज्ञा दिनुभएको छ । यो सम्पूर्ण खेल कुर्सी बचाउने भएको प्रचण्डको भनाइ थियो ।असम्बैधानिक सरकारले आफ्नो गलत हरकत ढाकछोप गर्न पटक पटक गलत कदम चाल्दै गएको प्रचण्डको आसाए थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

83 − = 77