पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जना रहेका छन ।
गत २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय १९ कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुने दर ८० प्रतिशत रहेको छ ।
गत २४ घण्टामा बुधबार भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौंमा ९६७ गरी उपत्यकामा १४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म एक लाख १ हजार जना संक्रिय संक्रमित रहेका छन् ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1