काठमाडौं, । आज बसेको फुलकोर्ट को बैठक ले नियमावली संसोधन नगरी बरिष्ठताको आधारमा न्यायधीश नियुक्ति गर्ने निर्णय गरेको छ । केही दिन अघि संबैधानिक इजलासमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष लगायत पदाधिकारी विच भेटबार्ता भएको थियो l उक्त भेटवार्ताको क्रममा भएको सहमतिको आधारमा संबैधानिक इजलास गठन सम्बन्धमा नियमवली परिबर्तन नगरि सिनियरटिको आधारमा न्यायाधिश राख्ने तयारी भएको छ l
यस अघि न्यायधिश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने कानूनविद्हरुले आवाज उठाएपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले छलफललाई तीब्रता दिएका थिए। पूर्वबत नेकपा बिभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनराबलोकन गर्न माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्षता माथी नै प्रश्न खडा गर्ने भन्दै अधिबक्ताहरुले विकल्प खोज्न प्रधानन्याधिशलाई आग्रह गरेका थिए ।
संसद् विघटनसम्बन्धी रिटको सुनुवाई गर्न ५ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो ।
यसबारे इजलासमा चर्को विवाद थियो । अब उक्त विवाद हल हुनेछ ।