Home मुख्य रास्वपा सभापती लामिछानेलाई सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

रास्वपा सभापती लामिछानेलाई सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

38
0
Google search engine

काठमाडौं जेठ ९ ! सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै लामिछानेलाई सुप्रिम सहकारी ठगी आरोपमा भैरहवा कारागारमा थुनामा राख्ने निर्णय गरेको हो।

लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ भएको थियो। यसअघि माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर सरकारी वकिलको कार्यालयको रिटपछि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्चले यो आदेशलाई नै सदर गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here