Home खेलकुद विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्स बिरुद्द खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्स बिरुद्द खेल्दै

412
0

काठमाडौँ, जेठ २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्दैछ। जारी प्रतियोगितामा खराब प्रदर्शन सुधार्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो।

नेपालले अहिलेसम्म प्रतियोगितामा १२ खेलमध्ये मात्र २ खेलमा जित हासिल गर्न सकेको छ भने १० खेलमा हार बेहोरेको छ। अर्कोतर्फ नेदरल्यान्ड्सले लिग–२ मा राम्रो प्रदर्शन गर्दै १६ खेलमध्ये ९ खेलमा जित हात पारिसकेको छ।

अघिल्लो भेटमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार व्यहोरेको नेपाल यसपटक पुनःजितको खोजीमा छ। यसअघि १७ फेब्रुअरी २०२४ मा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

नेपालका कप्तान रोहित पौडेलको नेतृत्वमा युवा खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्ने आशामा छन्। बलिङ र ब्याटिङ दुबै क्षेत्रमा सन्तुलित प्रदर्शन देखाउन सकेमा नेपालका लागि जित सम्भव रहेको खेल विश्लेषकहरूको भनाइ छ।

क्रिकेटप्रेमीहरूका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ, जसले नेपाललाई लिग तालिकामा माथि उठ्न सहयोग पुर्‍याउन सक्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here