Home मुख्य जनयुद्धका घाइते योद्धा वाईसिएलको नेतृत्वमा

जनयुद्धका घाइते योद्धा वाईसिएलको नेतृत्वमा

241
0
Google search engine

काठमाडौं जेठ २४ ! नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व टोलीसँगको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो।

संगठनको महासचिवमा गणेश शाही चयन भएका छन् भने अन्य पदाधिकारीहरूको टुंगो छिट्टै लाग्ने वाइसिएल स्रोतले जनाएको छ।

जनयुद्धको मैदानबाट संगठनको शीर्ष नेतृत्वसम्मको यात्रा

२०४३ पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली विद्यालय तहदेखि नै अध्ययनमा अब्बल थिए। तर, २०५७ सालमा तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी मार्फत उनी राजनीतिमा होमिए। ०५९ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेर माओवादी जनयुद्धमा सरिक भएका उनी ०६१ सालतिर पश्चिमाञ्चलका जिल्लामा सक्रिय रूपमा क्रियाशील रहे।

०६२ साल माघ १९ गते राजा ज्ञानेन्द्रले घोषणा गरेको शाही नगर निर्वाचनको विरोधमा लाग्दा तनहुँको डुम्रेमा आन्तरिक बम विस्फोटमा परेर उनी गम्भीर घाइते भए। आँखादेखि खुट्टासम्म गोली लागेका ओली अहिले पनि शरीरमा गोलीका झर्रा बोकेर जीवन बिताइरहेका छन्।

शान्ति प्रक्रिया पछि पार्टी भित्रको उदय

शान्ति प्रक्रियापछि ०६३ सालमा पार्टी जिल्ला सदस्य (DCM) को जिम्मेवारीमा काठमाडौं सरुवा भएका उनी, वाइसिएल भक्तपुरको सचिवालय सदस्यको रूपमा अघि बढे। पछि तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशीखा’को कार्यकालमा केन्द्रीय सचिवका रूपमा कार्यरत रहे। हालैसम्म सुवोध श्रीपाली नेतृत्वको कार्यसमितिमा उपमहासचिवको जिम्मेवारी सम्हालेका थिए।

वाइसिएलमा ४० वर्षे उमेर हद लागू भएसँगै पुराना नेताहरू पदमुक्त भएपछि पुष्प ओली नेतृत्वमा सहमति बनाइएको हो।

संगठन पुनःक्रियाशील गर्ने चुनौती

अध्यक्ष बनेपछि ओलीमाथि संगठनलाई पुनः क्रियाशील बनाउने, उत्पादन लगायत राष्ट्र निर्माणमा युवालाई जोड्ने र परिवर्तनको अभियानमा जोड्ने जिम्मेवारी परेको छ। २०६४ पछि  जुन जुनुन वाईसिएलमा थियो अहिले भ्रष्टाचार, कालोबजारी, माफिया तन्त्र, दलालिकरण , र गुण्डाहरुलाई  नियन्त्रण गर्न नेता कार्यकर्ता सोही बमोजिमको वाईसिएलको विरासत खोजिरहेका छन्। पछिल्लो समय कमजोर बनेको वाइसिएललाई पुनः प्रभावशाली रूपमा स्थापित गर्न ओली नेतृत्वको कार्यसमितिले ठूला चुनौती सामना गर्नुपर्ने देखिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here