काठमाडौं, जेठ २४ ! ओम् समाज डेन्टल अस्पतालको पहलमा चाबहिल र बोराटारस्थित शीतला मा.वि. मा एकैदिन दुईवटा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, तारकेश्वर क्लब–६०, र लायन्स क्लब अफ काठमाडौं नेपालको सहकार्यमा आयोजित शिविरमा सयौं स्थानीयले दन्त परीक्षण, मधुमेह र रक्तचाप परीक्षण लगायतका सेवा नि:शुल्क रुपमा प्राप्त गरे।
चितवनकी सीता बरालले १५ वर्षअघि भाइको जीवन बचाउने डा. सुवास घिमिरेलाई भेट्दा भावुक भएर धन्यवाद दिइन्। हास्यकलाकार गाेपाल ‘छन्दे’ ढकाल, समाजसेवी श्रीदेव भट्टराईलगायतले रक्तदान गरे।
कार्यक्रमका संयोजक तथा सहभागी संस्थाहरूले आगामी दिनमा अझ सुदूरवर्ती क्षेत्रसम्म यस्ता शिविर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।