काठमाडौँ जेठ २६ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वारा जारि प्रेस बिज्ञप्ति को अनुसार भदौ महिना भित्र कांग्रेसको महाधिवेशन गरिने बताएका छन् l
कोभिड १९ को कारण जनता, कार्यकर्ता तथा नेतालाई सबैलाई असर गरेको भन्दै निक्कै दुखद बिपत्ति आइपरेको र सबैलाई उच्च मनोबलका साथ कोरोनालाइ परास्त गर्नुपर्ने भन्दै सरकारले उपर्युक्त स्रोत साधनको प्रयोग गरेर जनतालाइ उचित राहत दिन नसकेको बताए l कोरोनको कारण भएको क्षेतीको सम्पूर्णपूर्ण जिम्मा सरकारले लिनुपर्ने नेपाली कांग्रेसको भनाइ रहेको नेता देउवा ले बिज्ञप्ति मार्फत बताए l
नेपाली कांग्रेको महाधिवेशन जुनसुकै हालतमा पनि तोकिएको समयमा हुने देउवाको भनाइ थियो l कसैले महाधिवेशन हुदैन कि भन्ने भ्रम नपाल्न समेत देउवाले आग्रह गरेका छन् l महाधिवेशन सम्पन्न गर्न नेता कार्यकर्तालाई तरारी सुरु गर्ने समेत निर्देसन दिएका छन् l समय छोटो छ २ महिनामा सम्पूर्ण तयारी गर्नुपर्ने हुन्छ क्रियाशील सदस्य लगायत सम्पूर्णमा तयारीमा जुट्न आग्रह गर्दछु देउवाको भनाइ थियो l
सम्पूर्ण पार्टी पंतिलाइ स्वास्थ्य मापदण्ड अनुसरण गर्दै भ्रममा नपरी नेपाली कांग्रेसको महाधिवेशनमा जुट्न आग्रह गरेका छन् l