काठमाडौँ असार १ l नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेको छ l आज जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनी अत्यधिक जोखिम बढेकोले जोखिम कम गर्न सार्वजनिक गर्नुपरेको बताएको छ l
उक्त कम्पनिहरुमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ को काम भएकोले जोखिम बढेको बताएको छ l अनावश्यक जोखिम कम गर्न लगानीकर्तालाइ सचेत गरिएको बताएको छ l
तर एकाएक २५ % कम्पनिमा लगानी गर्न सुरक्षित नभएको भनि सार्वजनिक रुपमै बिज्ञप्ति निकाल्नु गलत भएको अर्थ सरोकारवालाहरुको भनाइ रहेको छ l बर्षौ सम्म लगानी लगाएर निर्माण गरको कम्पनीलाई एक्कासी धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुर्याउदा समेत लगानी गर्न ठिक छैनन् भन्नु अर्थतन्त्रमाथिको प्रहार भएको विज्ञहरुको भनाइ छ l
यस्ता समस्या समाधान गर्न सरकारले ठोस पहल लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् l
एकथरी भने धितोपत्र बोर्ड ठुला लगानीकर्ताको चंगोल्मा फसेर येस्ता भ्रम लिएर आएको भन्दै गलत नियत सार्वजनिक गर्न माग गरेका छन् l