खम्बे लगायत हर्के हवलदारको टीमद्वारा राहत वितरण

मुख्य

काठमाण्डौ असार २ । कलाकार इन्द्र दोन्ग लामा खम्बे अर्थात हर्केहल्दार टिमले राहत वितरण अभियान सञ्चालन गरिनै रहेको छ । भोकाहरुको लागी घर-घरमा गएर चामल,दाल,नून लगायत बिभिन्न सामानहरु वितरण गर्दै आएको छ ।

 हिजोमात्र हर्केहल्दार टिमको राहात वितरण कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं ८ र ९ का कोठामा बसोबास गर्दै आएको २५ घर परिवार दुःखी, पीडित व्यक्तिहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

हाम्रा कलाकार इन्द्र दोन्ग लामा खम्बे द्वारा दिनुभएको सन्देसमा यस महान अभियानमा जोडीएर आर्थिक तथा खाद्यान्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहातहरु प्रति हार्दिक नमन व्यक्त गरेको बताउनुभयो । अमेरिकाबाट आदरणीय ब्यक्तित्व लोकेश भट्टराई र उहाँको सम्पुर्ण भट्टराई परिवार, टुसाल मल्टी भ्युज प्रा: लि प्रोपाइटर ता:न:पा ८ निवासी विजय सापकोटा र लक्ष्मण के सी, बालाजु १६ निवासी समाजसेवी उदब सापकोटा, भक्तपुर निवासी बासुदेव खनाल लगायत सम्पुर्ण सहयोग दाताहरु प्रती धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भएको छ l

देशमा सरकार मौन छ सत्ताको लुछा चुडी चल्दै छ तर कलाकारहरु द्वारा संकटको घडिमा मन ठुलो पारेर सहयोग गर्दै हुडनुभएको छ । यस प्रति पीड़ित जनता आभारी नै छन । कलाकार इन्द्र दोन्ग लामा खम्बे लगायत हर्के हवलदार टीमलाई दुःखी पीड़ित जनताले सधै सम्झिने नै छन ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − = 9