बाबुराम भट्टाराईसँग विप्लवको भेट

मुख्य

काठमाण्डौ साउन १ ! नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ अहिले भेटवार्ता मै ब्यस्त हुनुहुन्छ । एकीकृत जानक्रान्तिको उद्घोष गर्दै भूमिगत हुनुभएका महासचिव विप्लव दैनिकजसो कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कहिले माधव कुमार नेपाल, कहिले बाबुराम भट्टाराईसँग भेट गर्ने दौड धुपमा आखिर के छ कारण ??

विप्लव दश वर्षे माओवादी जनयुध्दमा पार्टी हेडक्वार्टरको निकट रहेर काम गर्नुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि जनचाहना अनुरूप काम गर्न नसकेको आरोप लगाउदै क्रान्ताकारी माओवादी बैद्य नेतृत्वमा संलग्न हुनुभएको थियो । युवाले नेतृत्व लीनुपर्ने भन्दै एकीकृत जानक्रान्तिको मुख्य कार्यभार पूरा  गर्ने भन्दै भूमिगत कार्वाही गर्ने गरी नेकपा गठन गर्नुभएको थियो । झन्डै तीन वर्ष भूमिगत जीवन बिताउनुभएका विप्लव अहिले ओली सरकारसँग समझौता गरी शान्तिपुर्ण राजनीतिमा हुुनुहुन्छ । जसमा ओली सरकारसँग निशर्त कार्यकर्ता रिहाईको माग गर्दै समझौता भएको थियो ।

माओवादी आन्दोलन स्खलित हुँदै गर्दा माओवादी विचार धाराका क्रान्ताकारी कार्यकर्ताले विप्लव प्रति पुर्ण रुपमा आशा गरेको पाइन्छ । प्रचण्ड, बैद्य , बाबुराम लगायतले नेतृत्व गर्नुभएको पार्टी भित्र ठुलो जनमतले विप्लवलाई क्रान्तिको आशा मानेको सजिलै बुझ्न सकिन्छ । जस अनुरूप विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको भूमिका सहितको शासकीय स्वरूप सहित जनमत संग्रहको माग गर्नुभएको छ ।

अदालतको निर्णयसँगै बिभाजित नेकपा (प्रचण्ड-ओली) आफ्नो आफ्नो बाटो लागेर अब माओवादी केन्द्रको नेतृत्व पुनः ओली बाहेकको कम्युनिस्ट घटकसँग  एकताको प्रयासमा छ । साथै नेकपा एमालेलाई के पी ओलिवादी बनाउन खोजिएको छ त्यस अवस्थामा माधव पक्ष एमाले मै रहन नसक्ने अवस्था बन्दै गएको छ । यसै अवसर बिप्लवले भेट वार्तालाई तीब्र बनाउनुलाई एउटा आशा बादी कदमको रुपमा हेरिएको छ ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =