काठमाण्डौ साउन ९ ! शनिवार राजधानीमा आयोजित कम्युनिस्ट संस्थापक नर बहादुर कर्मचार्यको स्मृति सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको पछाडी कली युगका हनुमानहरु लागेको बताउनुभएको छ । केही समय पछि उनीहरुले पनि छाडने प्रचण्डले बताउनुभयो । दुई तिहाईको सरकार ढालेर बालकोटको बार्तलीबाट क़ुर्लेको भन्दै कटाक्ष गर्नुभएको थियो ।
प्रचण्डले अहिलेको गठबंधनको झन्डै दुई तिहाई बहुमत रहेको उल्लेख गर्नुभएको हो । भीम रावल प्रति इंगित गर्दै प्रचण्डले केही कठोर अग्रमोर्चाका साथीहरु ढलेको समेत उल्लेख गर्नुभएको थियो ।
एक फरक प्रसङ्गमा प्रतिक्रियाबादीहरु गठबन्धन भत्काउन प्वालको रूपमा MCC, IPS लाई अगाडी सारिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो ‘ हामीले एकताको झण्डा बोक्ने हो उत्पीड़ित जनता, रास्ट्रीय स्वाधीनता र रास्ट्रीय एकता आजको आवस्यकता भएको छ ‘ ।
साथै जनयुध्द जारी भएको भन्दै जनतासँग साथ भई एकाकार हुँदै अगाडी बढे समाजवादी यात्रा सुनिश्चित हुने प्रचण्डको भनाइ थियो ।