Home राजनीति वाईसीएलले भदौ १२ र १३ गते काठमाण्डौमा रास्ट्रिय भेला गर्ने

वाईसीएलले भदौ १२ र १३ गते काठमाण्डौमा रास्ट्रिय भेला गर्ने

14
0

काठमाण्डौ साउन १० ! ५ दिनदेखि जारी वाईसियल नेपालको पदाधिकारी बैठकले  भदौ १२ र १३ गते काठमाडौमा रास्ट्रिय भेलाको निर्णय गर्दै सम्पन्न गरेको छ।

वाईसीएल नेपालका अध्यक्ष राम प्रसाद ‘दीपशिखा’ ले “देशलाई यतिबेला झडप होईन उत्पादन, स्वरोजगार, निर्माण गर्ने युवाहरूको ब्रिगेड चाहिएको छ । हामी ठोस् योजना बनाउने छौं र रास्ट्रिय भेलाले आवस्यक निर्णय लिनेछ । अग्रगमन, बिचार, राजनीति र आन्दोलनको रक्षा गर्न हामीलाई तालिम र विशेष फोर्स चाहिन्न । वाईसिएल प्रत्येक ईकाई आफैमा सक्षम छन् ।”

यस अघि विपक्ष संगठनले जंगलमा तालीम गरेको बिषयलाई कसरी लीनुभएको छ भन्ने प्रस्नमा अध्यक्ष दीपशिखाले “वाईसियल आफैमा तालीम प्राप्त संगठन हो  अहिले नै तालिमको आवश्यकता जरूरत पर्दैन हामी हिजो हतियार बोकेर मर्न हिडेका थियौ तर बॉचेर आयौ, हामी अहिले युवाहरुमा स्वरोजगारको व्हिम निर्माण गर्ने कुरामा केन्द्रीय हुनेछौ आवश्यक परेको खण्डमा जे गर्न पनि सक्षम छौ”।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here