Home समाचार तनहुँ-काठमाण्डौ संपर्कमञ्च अध्यक्षमा युवा नेता मदन पौडेल

तनहुँ-काठमाण्डौ संपर्कमञ्च अध्यक्षमा युवा नेता मदन पौडेल

24
0
Google search engine

काठमाण्डौ असार १६ ! नेकपा माओवादी केन्द्र तनहुँ- काठमाण्डौ जनसंपर्क मञ्चको आयोजक समितिको संयोजक शंकर जोशीको अध्यक्षतामा बसेको छैठौ भेलाले युवा नेता मदन पौडेललाई नव निर्वाचित अध्यक्षमा चयन गरेको छ । साथै उक्त भेलाबाट ५१ सदस्यीय संपर्क कमिटी निर्माण गरेको छ ।

भेलामा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी इंचार्ज तथा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले प्रमुख आथित्यता ग्रहण गर्दै नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नुभएको थियो । नेता पौडेलले परम्परागत संसदीय ब्यबस्था माओवादीहरुको  लक्ष्य नभएको भन्दै सम्झौताको अवस्थाबाट आएको बताउनुभयो । साथै जनवादी क्रान्ति र संसदीय अभ्यासको समझौताबाट अहिलेको अवस्थासम्म आएको बताउनुभएको छ । अर्को फरक प्रसङ्गमा नेता पौडेलले हामी आत्म समीक्षा गर्दै जनतासँग माफी माग्दै समाज रूपांतरण गर्ने दिशामा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

भेलामा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल, संपर्क समन्वय समिति संयोजक तथा केन्द्रीय सदस्य प्रलाद बुढाथोकि, केन्द्रीय सदस्य सुरेश आलेमगर , केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद आशा कोइराला , गण्डकी प्रदेश संपर्क कमिटी अध्यक्ष तारा कुमाल लगायतका नेताहरुको उपस्थिति थियो ।

भेलामा अथिति माननीय श्री आशा कोइरालाले जनयुध्दबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै आगामी समाजवादी कार्यदिशा तय गर्न अग्रसर भएको बेला के पी शर्मा ओलीले प्रतिगामी कदम चाल्न गएको कारण सम्पूर्ण कम्युनिस्टलाई धक्का महसूस भएको आसय ब्यक्त गर्नुभएको थियो । साथै राजनीतिक रुपमा भने माओवादी केन्द्र नै अगाडी भएको उहाँको भनाइ थियो। साथै उहाँले माओवादी केन्द्रको एजेण्डा जनयुध्दको उपलब्धिबाट आएको शान्ति, संबिधान  र अहिलेको ब्यबस्था अनुरूप चलाउन अरु पार्टिले नसक्ने भन्दै माओवादी कै नेतृत्व हुनु जरूरी भएको बताउनुभएको थियो । अहिलेको मुख्य जिम्मेदारी संगठन निर्माण गर्नु भएको भन्दै प्रदेश सांसद कोइरालाले एकपटक पुनः हामी हाम्रो लक्ष्यलाई खोज्न र जनयुध्दलाई अपराधीकरण गर्नबाट रोक्न माओवादीहरु सक्षम भएको बताउनुभएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here