Home मुख्य गठबन्धन दलले सार्वजनिक गरे सरकारको न्यूनतम साझा कार्यक्रम

गठबन्धन दलले सार्वजनिक गरे सरकारको न्यूनतम साझा कार्यक्रम

0
गठबन्धन दलले सार्वजनिक गरे सरकारको न्यूनतम साझा कार्यक्रम
;fj{hlgs ul/Fb} sf7df8f}F, @$ ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf dfcf]jfbL s]G›sf cWoIf k'iksdn bfxfn k|r08nufot ;Qf u7aGwg sf g]tfx¿ cfOtaf/ k|wfgdGqL sfof{no l;+xb/af/df ;+o'Qm ;/sf/sf] ;femf Go"gtd sfo{qmd ;fj{hlgs ub}{ . t:jL/M /f;;

काठमाण्डौ साउन २५ ! सत्ता गठबन्धन दलले सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीले निम्त्याएको मानवीय सङ्कट लगायतका बिभिन्न आर्थिक विकासको क्षेत्र भित्र सम्बोधनलाई उच्च प्राथमिकतामा राखिएको छ। बिशेष गरी कोभीडको क्षति कम गर्न लगाउने भ्याक्सिन, गणतन्त्रको सुदृढ़ीकरण, शान्ति प्रक्रियालाई टुंग्यौने विषय, सन्धि समझौता पुनरावलोकन लगायतका कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल तथा सरकारलाई समर्थन गर्ने दलहरूको सहमतिमा ल्याइएको उक्त दस्तावेज भनिएको छ।

जसमा बुदागत रुपमा सरकारको न्यूनतम साझा कार्यक्रम यस प्रकार छ ।

१) मुख्य प्राथमिकता कोभिड-१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने

२) संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने

३) विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने

४) दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने

५) सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने

६) उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने

७) उत्पादनमुखी अर्थतन्त्रमा जोड दिँदै महँगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने

८) कोभिड-१९ का कारण सङ्कटग्रस्त उद्योगलगायतका क्षेत्रहरूको उत्थान तथा कोभिड-१९ बाट प्रभावित श्रमजिवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने

९) बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनर्स्थापनामा जोड दिने

१०) राष्ट्रिय हितमा आधारित सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने

११) संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने

बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here