मीडिया कप फुटसल उपविजेताको उपाधी ललितपुर महासंघलाई

खेलकुद

काठमाण्डौ चैत्र ! नेपाल पत्रकार महासंघ केन्द्रले ६७ औ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रथम मिडिया कप फुटसल प्रतियोगितामा बिजेता न्युज २४ टेलिभिजन र उपबिजेता पत्रकार महासंघ ललितपुर हुन सफल भएका छन ।
च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगिताको फाइनल खेलमा न्युज 24 टेलिभिजनको टीम संग 4-2 गोल अन्तरले पराजित हुँदै पत्रकार महासंघ ललितपुर दोस्रो भएको हो ।
सोमबार भएको पहिलो खेलमा प्रेस चौतारी रुपन्देहीलाई ७-२ र क्वाटरफाइनलमा नयाँ पत्रिका टीमलाई ४-१ ले पराजीत गर्दै ललितपुर पत्रकार महासंघ सेमिफाइनल प्रवेश गरेको थियो । मंगलवार भएको सेमिफाइनलको खेलमा सिलापत्रलाई 2-4 गोल अन्तरले हराउन सफल भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार 25 हजार नगद मेडल र प्रमाण-पत्र साथै द्वितीय पुरस्कार 15 हजार नगद मेडल र प्रमाण-पत्र रहेको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 + = 73