Home खेलकुद बङ्गलादेश बिरुद्दको पहिलो टी–२० सिरिज क्रिकेटमा अमेरिका ५ विकेटले विजयी

बङ्गलादेश बिरुद्दको पहिलो टी–२० सिरिज क्रिकेटमा अमेरिका ५ विकेटले विजयी

24
0
Google search engine

काठमाडौं जेठ ९ ! बङ्गलादेश बिरुद्द पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हराएको छ। बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्गलादेश र अमेरिकाले तीन खेलको टी–२० श्रृङ्खला खेल्दैछन् । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्गलादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ ।

Google search engine

नेपाल र बङ्गलादेशबीचको खेल जुन १७ तारिखमा हुँदैछ  टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । अमेरिकाले आयोजकका रुपमा टी–२० विश्वकप खेल्न लागेको हो । अमेरिका भने  समूह ‘ए’ मा छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here