सोमवार नेप्से झिनो अंकले उकालो लागेको छ l

अर्थ बजार

काठमाण्डौ असार १४ l साताको दोस्रो दिन सोमवार नेप्से झिनो अंकले उकालो लागेको छ l  नेप्से परिसूचक ५. ११ अंकले  बृध्दि भएको हो l आज झण्डै ७.७२  अर्ब रुपैयाँ बराबरको  शेयर कारोबार हुँदा नेप्से सूचक ० .१८  प्रतिशतले बढेको छ।

सोमवार नेप्से परिसूचक ५.११  अंकले बढेर २८७५.५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.१४ अंकले बढेर ५३३ .५५ विन्दुमा पुगेको छ। आज  कारोबार रकम पनि झण्डै ८ अर्ब नजिक पुगेको छ। सोमवार  २१९  वटा कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८ सय १५  कित्ता शेयर ७ अर्ब ७२  करोड ५५ लाख १२ हजार ७१६.५६ रुपैयाँमा खरिदबिक्री भएको छ।

आज बैकिंग, लाइफ इन्सुरेन्स, माइक्रो फाइनांस, मिच्युअल फण्ड, होटेल र टूरिज़म र इंभेस्टमेन्ट सेक्टर उकालो लागेको छ भने अन्य सबै समुह उपसमूह ओरालो लागेको छ ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 19 = 25