कारोबार रकम घटदै बजारमा करेक्सन

अर्थ बजार

काठमाण्डौ असार १५ । साताको आइतवार र सोमवार झिनो अंकले उकालो लागेको बजारमा आज कारोबार रकम सहित नेप्से परिसूचक ४७.४९ अंकले करेक्सन आएको छ । मंगलवार नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर २८२८.०१ बिन्दुमा आएको हो।

यस्तै मंगलवार २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता शेयर रु ६ अरव ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ मा कारोबार भयो । सेन्सेटिव इन्डेक्स १.८५ प्रतिशतले घटेर ५२३. ७० बिन्दुमा आएको छ ।

आज सबै भन्दा बढी कारोबार राधी हाइड्रोपावरको झन्डै ५० करोड बराबर भएको छ । माइक्रोफाइनांस बाहेक सबै समुह-उपसमूह ओरालो लागेका छन  । आज सबैभन्दा बढि बैंकिंग समुह ओरालो लागेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 24