हेर्नुहोस, डिम्याट र मेरो शेयर नविकरण कसरी गर्ने

अर्थ बजार

काठमाडौँ असार १९ l के तपाईंले सेयर कारोबार गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने डिम्याट र मेरो शेयर नविकरण गर्ने बेला आएको छ। पहिले जस्तो बैंक वा ब्रोकरको अफिसमा जानुपर्ने झन्झट अब गर्नु पर्दैन किनभने अब घरमै बसेर अनलाइन मार्फत नविकरण गर्न सकिने भएको छ ।

यसको लागी तपाईंले आफ्नो मोबाइल फोनमा e- sewa, khalti र ime pay एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

कसरी गर्न सकिन्छ त नविकरण ?

१.सबैभन्दा पहिले तपाईंले मेरो सेयर लग इन गर्नुपर्ने हुन्छ ।
२. त्यसपछि तपाईं मेरो सेयर प्रोफाइलमा जानु पर्ने हुन्छ जहाँ तपाईंले ४ ओटा अप्सन देख्नुहुनेछ ।
३.सुरुको अप्सन रहेको छ own profile भन्ने त्यस भित्र तपाईंले देख्न सक्नुहुन्छ रिन्यु अकान्ट त्यसमा तपाईँले क्लिक गर्नु पर्नेछ ।
४.त्यसपछि तपाईँले त्यहाँ चार ओटा अप्सन देख्नुहुनेछ त्यहाँ भएको चार अप्सनमध्य कुनै एकबाट गर्न सक्नु हुनेछ ।
५.तपाईंले उदारहणका लागी जस्तै e-sewa, khalti, ime pay र connect ips देखि गर्न सक्नु हुन्छ।
६.त्यहाँ भएको कुनै एकबाट रिन्यु गर्न सक्नु हुनेछ त्यसका लागी तपाईंले कुनै एक एप  सेलेक्ट गर्नुपर्ने हुन्छ ।
७. क्लिक गरी सके पछि तीन ओटा अप्सन देख्नुहुन्छ :- मेरो सेयर & डीम्यट ,मेरो सेयर र डीम्याट भन्ने तपाईंले मेरो सेयर & डीम्याट भन्ने मै क्लिक गर्नु पर्नेछ किनकि हामीले मेरो शेयर & डी म्याट दुबै रेनिउ गर्नुपर्छ त्यसको लागी तपाईँ लाई १५० चार्ज लाग्छ ।
८.यसको रेनिउ प्रत्येक बर्ष गर्नु पर्ने हुन्छ । नत्र भने खाता अस्थाइ बन्द हुन्छ l
९.अब तपाईंले प्रोसेस भन्ने अप्सनमा क्लिक गरेर अगाडी बढ्न सक्नु हुन्छ ।
१०. त्यस पछि हामीले सजिलै बिल तिर्न सक्छौँ l

अकान्ट रेनिउ गरेनौ भने के हुन्छ त ?
अकान्ट रेनिउ गरेनौ भने हामीले आइपीओ भर्न पाउने छैनौ यदि भरेको खण्डमा पनि रद्द हुन्छ त्यसैले प्रत्येक वर्ष रेनिउ गर्नुपर्ने हुन्छ ।

 

भरत न्यौपाने 

युवा लगानीकर्ता शेयर बजार

कृपया प्रतिक्रियाको लागी 

[email protected]

कमेन्ट:
What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
5
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 + = 63