Home अर्थ बजार युनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

युनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

29
0
Google search engine

काठमाण्डौ असार २८ ! यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको असार २४ गते देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अर्थात सोमबार अन्तिम दिन हो । आज अपराह्न ५ बजे पश्चात युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर निश्काशन बन्द हुनेछ ।

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here