काठमाडौं ! स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्पेनको परराष्ट्र मामिला, युरोपेली संघ र सहयोग मन्त्रालयका उत्तर अमेरिका, पूर्वी युरोप, एशिया र प्रशान्त क्षेत्रका महानिर्देशक लुइस फोन्सेका सान्चेज र दक्षिण तथा पूर्वी एशिया उपमहानिर्देशक गिलर्मो आङ्गुएरा ग्वाललाई आफ्नो निवासमा स्वागत गरेका छन्।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त भेटवार्तामा नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दुबै पक्षले आपसी सहयोग र समझदारीलाई विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र स्पेनबीचको सम्बन्ध दशकौँदेखिको आपसी सम्मान र सहकार्यमा आधारित रहँदै आएको छ। नेपालले स्पेनसँगका विविध क्षेत्रका सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।